माओवादी सांसद मोदीले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा-Sutra News

माओवादी सांसद मोदीले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद मोदीले यस्तो माग गरेका हुन् ।



सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । ‘‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि प्रश्न उठेको छ,’’ उनले भने, ‘‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’’

सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ । ‘‘सरकारको छाया लेखा समिति त होइन ? भन्ने प्रश्न उठेको छ,’’ उनले थपे, ‘‘तपाईंको परिवार, तपाईंमाथि प्रश्न उठेको छ ।मार्ग प्रशस्त गरेको नै राम्रो हो ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट