काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भएको छ ।
आइतबारबाट न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट बयान सुरु गरिएको हो । आज छविको बयान सुरु भएको र भोलि (मंगलबार) पनि उनकै बयान जारी रहने कास्की जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।
सोमबार बहसको क्रममा न्यायाधीशले १५ वटा प्रश्न सोधेका थिए । ‘बाँकी भोलि फेरि निरन्तर हुन्छ,’ कास्की अदालत स्रोतले भन्यो । बयानका लागि सोमबार छविसहित पाँच जनालाई अदालत उपस्थित गराइएको थियो ।
रास्वपा सभापति रवि लामिछानेसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ । राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।