उपचारको क्रममा बालिकाले सुईको ढक्कन निलेपछि…-Sutra News

उपचारको क्रममा बालिकाले सुईको ढक्कन निलेपछि…

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

काठमाडौं ।  रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा दाँतको उपचारका लागि ल्याइएकी एक बालिकाले सुई लगाउनका लागि तयार ढक्कन निलेपछि तनाव उत्पन्न भएको छ । बिरामीका आफन्तले स्वास्थ्यकर्मीको गम्भीर लापरवाहीका कारण बच्चाले सुई निलेको विषय बाहिर ल्याएपछि घटनाले उग्ररुप लिएको हो ।



आइतबार दाँतबाट पिप निस्किने समस्या भएर उपचारका लागि अस्पताल पुगेकी ८ वर्षीया बालिका सुनिता कोहारको लगाउनुपर्ने सुई (ढक्कन) पेटभित्र गएको बताइएको हो ।

उनकी आमा आशा कोहारका अनुसार उनलाई उपचारका लागि आइतबार ९ बजे अस्पताल लगिएको थियो । उनको १० बजे चेकअप भएको र असहज भएपछि एक्सरे गरी हेर्दा सुई पेटमा गएको कोहारले बताइन् ।

बालिकालाई अहिले दिशा गर्न पनि समस्या भएको उनकी आमाले आशाले बताइन् । तर अस्पतालका स्वास्थ्यकर्मी सुई नभएर त्यसको ढक्कन भएको र त्यो बच्चाको दिसाबाट बाहिर आउने बताइरहेका छन् ।

बिरामीका आमा आशाले सुई पेटभित्र जाँदासमेत अस्पतालले घरमा पठाइदिएकाले छोरीलाई अहिले घरमा ल्याएर राखेको बताइन् । साथै अस्पतालले उपचारका लागि धेरै खर्च लाग्ने बताएको समेत उनले बताइन् । बालिकाको उपचार डा. संगिता पन्थीले गरेकी थिइन् ।

यस विषयमा अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले यो विषय आफूले पनि सुनेपछि बिरामीका आफन्त र स्वास्थ्यकर्मी बसेर समाधान निकाल्न भनेको बताए ।

अस्पतालका व्यवस्थापक सुरेन्द्र क्षेत्रीले बच्चाको मुखमा सुई लगाउनका लागि राखिएको ढक्कन निलेपछि समस्या भएको तर बाहिर प्रचार भएजस्तो सुई बच्चाको पेटमा नगएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट