काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले बतायो । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।
उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।