प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या-Sutra News

प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् ।



भक्तपुरको सूर्य विनायक नगरपालिका २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्वीकारेका छन् । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको थियो।

महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट