काठमाडौं । गायिका अस्मिता अधिकारी र शिवसागर खड्काको आवाजमा रहेको गीत ‘च्वाँके बालेर’ सार्वजनिक भएको छ । गीतको शब्द संगीत अहिलेका व्यस्त संगीतकार बाबुल गिरीले गरेका छन् ।
सिक्लेश गाउँमा छायांकन गरिएको उक्त गीतको भिडियोमा अम्बिका तामाङ र विवेक कार्कीलाई मुख्य भूमिकामा देखाइएको छ । गीतमा प्रेमिल जोडीको प्रेम झल्किएको देख्न सकिन्छ । माया प्रेमले भरिएको भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त भिडियोको क्यामेरामा विशाल थापा, सम्पादनमा नकुल खड्का, ड्रोनमा राकेश गुरुङ, प्रोड्क्सनमा विक्रम तामाङ, मेकअपमा सृष्टि थापा र सहायक निर्देशकमा सुनिल बुढाथोकी रहेका छन् ।
उक्त गीत गाउँले परिवेश र साधारण कथावस्तुलाई समेटेर बनाइएको कलाकार अम्बिका तामाङले जानकारी दिएकी छिन् । गीतलाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । फिल्म र दर्जनौ गीतमा अभिनय गरीसकेकी तामाङको छिट्टै अर्को गीत सयौं बर्ष सार्वजनिक हुदैछ भने उनले भर्खरै मात्र नयाँ फिल्म पनि साइन गरेकी छिन् ।