काठमाडाैं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल, १० पुस २०८१ देखि २१ पुस २०८१ सम्म चल्ने छ ।
यस मेगा सेलमार्फत नयाँ बर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्यास सेल डिलहरू र रु. २ करोड बराबरको भौचरहरू समेत उपलब्ध गराउने बताएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भौचर उपलब्ध गराउने जनाएको छ ।
गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।
मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६०% सम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।
दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् :
११ पुस (बिहीबार) : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।
१२ पुस (शुक्रबार) : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १०% छुट (रु. ५०० सम्म)को लाभ उठाउन सक्नेछन् ।
१३ पुस (शनिबार) : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १०% छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५% छुट (रु. ५०० सम्म)को लाभ उठाउन सक्नेछन् ।
वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध पनि गरेको छ ।
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ ।
कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।
ई–कमर्स, लजिस्टिक्स, भुक्तानी र वित्तीय सेवाहरूको एकीकृत पूर्वाधार निर्माण गरेर, दराजले व्यक्तिगत किनमेल अनुभव प्रदान गर्न र दक्षिण एसियाली समुदायहरूको आर्थिक विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।