फिल्म ‘रंगी’को जापान अधिकार बिक्री-Sutra News

फिल्म ‘रंगी’को जापान अधिकार बिक्री

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ ।



सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।

फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’ देखि ‘हिरो’का रुपमा अभिनय गरेका हुन् । निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट