काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।
सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे । योसँगै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।
बयानका लागि छवि, लिलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो ।