अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका सार्वजनिक-Sutra News

अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।



यसअघि गत असोजमा २३औं राष्ट्रिय सम्मेलन आयोजना गरेको क्रान्तिकारीले विवाद उत्पन्न भएपछि स्थगित गरेको थियो । त्यसबेला सङ्गठनमा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विवाद नै छिचोल्न सकेको थिए ।

प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानद्वारा बुधबार जारी कार्यतालिका अनुसार पुस १० गतेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुनेछ ।

क्रान्तिकारीले सङ्गठनमा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो पनि निर्वाचनद्वारा नै गर्दैछ । त्यसका लागि पुस १३ गते मतदान हुँदैछ । यस्तै नेतृत्व चयनका लागि भने १७ गते मतदान हुने प्रमुख निर्वाचन अधिकृत प्रधानले जानकारी दिए ।

त्यसपछि अहिले भने यसमा सहमति जुटेको छ । अब भने उमेरहद लागू हुने भएको छ तर, कुन उमेरहद लागू गर्ने भन्नेबारे निर्वाचनले नै छिनोफानो गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट