कास्कीमा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग-Sutra News

कास्कीमा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गरेको छ । रास्वपा कास्की जिल्ला सभापति यदुनाथ अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेको हो ।



रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर लगेपछि पोखराको शहीद चोक आसपास लगायतका क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।

निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन शहीद चोकदेखि लेकसाइडको स्ट्रिट-१ सम्मको सडकमा सवारी आवागमनसमेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट