नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग हुने, लोगो र नारा सार्वजनिक-Sutra News

नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल लिग हुने, लोगो र नारा सार्वजनिक

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । नेपालमा पहिलोपटक पुरुषहरुको भलिबलकाे फ्रेन्चाइज लिग हुने भएको छ। केडिया ग्रुपको आयोजनामा हुने लिगको मंगलबार नाम, लोगो र नारा सार्वजनिक गरिएको हो।



युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग (एनभीएल)को लोगो अनावरण गरेका थिए गरेका थिए।

लिगको नारा ‘उचाईको नयाँ उडान’ राखिएको छ, जसलाई मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्तमा सार्वजनिक गरेका थिए।

लिगमा ६ टोलीले प्रतिष्पर्धा गर्ने छन्। प्रत्येक टोलीले १२ खेलाडीमध्य ३ जना विदेशी राख्नेछन्। लिगचरणमा सिंगल राउन्ड रोबिनका आधामार खेल हुनेछ। शीर्ष २ मा पुग्ने टोलीबीच फाइनल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट