काठमाडाैं । स्थानीय बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारकाे तुलनामा सुन प्रतिताेला १०० रूपैयाँले घटेकाे छ । मूल्य घटेसँगै बुधबार सुन प्रतिताेला १ लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
सुनकाे मूल्य पछ्याउँदै बुधबार चाँदीकाे मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघमा अनुसार मंगलबारकाे तुलनामा ताेलामा ५ रूपैयाँले चाँदीकाे मूल्य घटेकाे हाे ।
आज चाँदी प्रतिताेला १ हजार ८०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।
आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश २६१६ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा केहीले कम हाे ।