को हुन् भ्यालेन्टिना गोमेज ? जसको भिडियोले हल्लायो अमेरिका-Sutra News

को हुन् भ्यालेन्टिना गोमेज ? जसको भिडियोले हल्लायो अमेरिका

बुधबार, १० पौस २०८१

बुधबार, १० पौस २०८१

अमेरिकी मागा (मेक अमेरिका, ग्रेट अगेन) नामक अभियन्ताकाे भिडियो हेरेपछि मानिसहरूले आलोचना र आक्रोश व्यक्त गरिरहेका छन्। भ्यालेन्टिना गोमेज नामक एक युवतिले एक भिडियो बाहिर ल्याएकी छिन्, जसमा उनले आप्रवासीहरूलाई मार्नुपर्ने बताइरहेकी छिन् । ग्राफिक भिडियोमा एक आप्रवासी व्यक्तिकाे पुत्लाई गोली हानेको देखिन्छ।



सामाजिक सञ्जाल एक्समार्फत बाहिर ल्याइएकाे भिडियोमा गोमेजले ह्यान्डगनले टाउकोको पछाडि कुर्सीमा बाँधिएको डमीलाई गोली हानेको देखिन्छ। त्यसपछि उनले भनेकी छिन्, ‘यो एकदम सरल छ, कुनै पनि गैरकानूनी व्यक्ति जसले अमेरिकीलाई बलात्कार गर्छ वा मार्छ उसलाई सार्वजनिक रूपमा फाँसी दिनुपर्छ। तिनीहरू देश निकाला गर्न योग्य छैनन्, तिनीहरूलाई मार्नुपर्छ ।’

भिडियोमा प्रतिबन्ध, भ्यालेन्टिनाले के भने ?

भ्यालेन्टिना गोमेजको यो पोस्ट हिंसात्मक भिडियोका कारण प्रतिबन्धित भएको थियो तर त्यतिन्जेल यो भिडियो जङ्गलको आगोझैं फैलियो र उनको कार्यको निन्दा हुन थाल्यो ।

भिडियोमा प्रतिबन्ध र विरोध भएपछि भ्यालेन्टिना गोमेजले एक्समा फेरि स्टाटस लेख्दै प्रतिराेध गरेकी छिन् । ‘मेरो भिडियो प्रतिबन्धित र मेरो एकाउन्टमाथि गरिएकाे प्रतिबन्धले तपाईं सबैलाई देखाउँछ कि म यी मानिसहरूका लागि सबैभन्दा ठूलो खतरा हुँ। म मानिसहरूलाई आशा दिन्छु र मलाई उनीहरूको पैसा चाहिँदैन। सम्झनुहोस्, हामीलाई बचाउन कोही आउँदैन।’, उनले लेखेकी छिन्।

भिडियो हेर्नुहोस्

भ्यालेन्टिना गोमेज आफ्नो विवादित भिडियो र बयानका कारण चर्चामा आएकी थिइन् र उनको विरुद्धमा विरोध सुरु भएको थियो । सामाजिक सञ्जालमा मानिसहरुले उनको निन्दा गरेका छन् ।

आउनुहोस् भ्यालेन्टिना गोमेज को हुन् ?

भ्यालेन्टिना गोमेजको जन्म मेडेलिन, कोलम्बियामा ८ मे १९९९ मा भएको थियो। उनी कोलम्बियामा जन्मिएका अमेरिकी नागरिक हुन्। उनी घरजग्गा लगानीकर्ता, फाइनान्सर र राजनीतिक कार्यकर्ता पनि हुन्।

उनको परिवार सन् २००९ मा संयुक्त राज्य अमेरिकामा आएकाे थियाे । उनीहरू न्यू जर्सी सरेका थिए ।

सन् २०२४ मा उनले राजनीतिमा प्रवेश गरिन् र त्यसपछि आफूलाई मिसौरी स्टेट सेक्रेटरीका लागि अगाडि सारिन् ।

याैनसँग सम्बन्धित (एलजिबिटी) पुस्तकहरू जलाएकाे भिडियोहरू बाहिर ल्याएपछि उनी चर्चामा आएकी थिइन् । उनले चुनाव जिते भने यसलाई प्रतिबन्ध लगाउने वाचा गरेकी थिइन् । तर उनले चुनावमा हार व्यहाेरिन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट