काठमाडौं । काठमाडौं महानगरपालिकाले ह्यात होटलको ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापनका बोर्ड हटाएको छ ।
महानगरपालिकाले जनाएअनुसार अनधिकृतरुपमा मदिराका कम्पनीले विज्ञापन गरेको पाइएपछि हटाइएको हो ।
महानगरले जनाएअनुसार करिब १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको छ । महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो।
महानगरपालिकाका अनुसार मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको हो ।
यही कन्सर्टमा सहभागि हुन भारतीय गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । निगमले सो कन्सर्टमा प्रस्तुति दिनेछन् ।
क्रिशमसको अवसरमा होटलले सो कार्यक्रम राखेको हो ।