काठमाडौं । नेकपा एमालेले ६ महिनासम्मका लागि जिम्मेवारी खोसेपछि केन्द्रीय सदस्य उषाकिरण तिमल्सेना पार्टीले गर्ने गलत कामको आवाज उठाउन नछोड्ने बताएकी छन्।
बुधबार एमालेको सचिवालय बैठकले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनासम्म कुनै जिम्मेवारी नदिने निर्णय गरेको छ। पार्टीको निर्णय माने पनि जनचासोको विषय उठाइरहने उनले बताइन्।
‘हामीजस्तो इमान्दार कार्यकर्ताको कत्लेआममा पार्टी अझै माथि जाओस्,’ तिमल्सेनाले भनिन्, ‘नेकपा एमालेले हामीमाथि गरेको कारवाही सबै ज्ञान चेतनालाई बन्धकी राखेर गरिएको निर्णय हो यो।’