काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् ।
व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।
‘नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौं त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’