कस्ताे छ मंकीपक्स संक्रमितकाे युवाकाे स्वास्थ्य ?-Sutra News

कस्ताे छ मंकीपक्स संक्रमितकाे युवाकाे स्वास्थ्य ?

बिहिबार, ११ पौस २०८१

बिहिबार, ११ पौस २०८१

काठमाडाैं । मंकीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

उनले निजको अवस्था सामान्य रहेको बताए । मंकीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स संक्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट