जाडोको रातमा, जब तपाईं सिरक मुनि आरामसँग सुत्ने प्रयास गर्नुहुन्छ, अचानक कुनै डरलाग्दो सपनाले तपाईंको निद्रा बिगार्छ। तपाइँ डरले सुत्नै सक्नुहुन्न । फेरि सुतेमा पनि त्यस्तै सपना दाेहाेरिने सम्भावना रहन्छ ।
यस्ताे किन हुन्छ ? यस्ता सपना किन आइरहन्छन् ?
भर्खरै फ्रन्टियर्स इन न्यूरोसाइन्स जर्नलमा प्रकाशित एक अनुसन्धानले यस प्रश्नको जवाफ दिएको छ। यस अनुसन्धानका अनुसार जाडोमा निद्राको ढाँचामा परिवर्तन हुन्छ । विशेषगरी, र्यापिड आई मुभमेन्ट सुत्ने समय गर्मीको तुलनामा औसत ३० मिनेटले बढ्छ। यो निद्राको चरण हो, जहाँ तपाईंको आँखा बन्द भए पनि द्रुत गतिमा चल्छ।
यस अवधिमा मस्तिष्क बढी सक्रिय रहन्छ र यही कारणले गर्दा सपनाहरू जटिल, डरलाग्दो र अनौठो हुन सक्छन्।
जर्मन गद्दा उत्पादन गर्ने कम्पनीले गरेको यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता मार्टिन सीलका अनुसार जाडो र छोटो दिनमा सूर्यास्त हुँदा शरीरमा मेलाटोनिनको स्तर बढ्छ । मेलाटोनिन हर्मोन हो जसले निद्रालाई नियन्त्रण गर्छ। जसले गहिरो निद्राको साथै थप सपनाहरू निम्त्याउँछ।
गुगल सर्च रिपोर्टले के भन्छ?
अनुसन्धानका क्रममा यो पनि पत्ता लागेको छ कि जाडोमा मानिसहरु सपनाको अर्थ थाहा पाउन गुगलमा धेरै सर्च गर्छन् । अध्ययनले जाडो महिनाहरूमा तीन लाखभन्दा बढी सपनाहरूसँग सम्बन्धित गुगल खोजहरूको विश्लेषण गरेको छ। यसबाट चिसो मौसममा डरलाग्दो सपनाको संख्या बढ्ने प्रष्ट हुन्छ ।
नराम्रो सपनाबाट बच्ने उपाय
यदि तपाई चिसो रातमा यी अनौठो र डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने निम्न उपायले तपाईलाई मद्दत गर्न सक्छ:
हल्का खाना खानुहोस्: सुत्नुअघि भारी र मसलादार खाना नखानुहोस्।
अल्कोहलबाट बच्नुहोस्: रक्सीको सेवनले निद्राको गुणस्तर बिगार्छ।
ध्यान गर्नुहोस्: सुत्नुअघि १० मिनेट ध्यान गर्दा दिमाग शान्त हुन्छ।
समयमै सुत्नुहोस् : नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस् ।
सपनाहरू नोट गर्नुहोस्: यदि सपनाहरू बारम्बार विचलित हुन्छन् भने, तिनीहरूलाई लेख्नुहोस् र मनोवैज्ञानिकसँग परामर्श गर्नुहोस्। एजेन्सीबाट