देशको सीमा रक्षामा सरकार असफल भयो – झलनाथ खनाल-Sutra News

देशको सीमा रक्षामा सरकार असफल भयो – झलनाथ खनाल

बिहिबार, ११ पौस २०८१

बिहिबार, ११ पौस २०८१

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको सीमा रक्षामा सरकार असफल भएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।



उनले कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब १ हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आउदासमेत सरकार मौन रहेको आरोप लगाए । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेखेको उनले तर्क गरे ।

उनले सीमा स्तम्भहरूलाई अद्यावधिक गर्न, सिमानामा नियमित पेट्रोलिङको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट