काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् ।काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु गरिसको बताएका हुन् ।
उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।