काठमाडौं । साताकाे अन्तिम काराेबार दिन (बिहीबार) अधिकांश समूहकाे सूचक घटेपनि बैंकिङ समूहकाे कारण सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढ्याे । बिहीबार ४.१९ अंकले बढ्दै नेप्से २६३० काे बिन्दुमा उक्लियाे ।
बैंक, लगानी, जलविधुत र व्यापार बाहेक समूहकाे सूचक आज घट्याे । बैंकिङ १.१८, व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे ।
विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।
काराेबारमा आएका २४२ मध्ये १६३ काे मूल्य घट्दा ७० काे मात्रै मूल्य बढ्याे । ९ को स्थिर रह्यो ।
कारोबार रकममा केही सुधार आएकाे छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।
केही सातादेखि नै घटिरहेकाे नेप्से तीन काराेबार दिनदेखि उकालाेमा थियाे । जसकाे प्रभावस्वरूप ठूलाे पुँजी हाेल्ड गर्ने बैंकिङ समूहमा उत्साह देखियाे ।
बिहीबार बैंकिङ समूहमा भएकाे चलायमानसँगै आगामी दिन पनि बजार बढ्ने संकेत दिएकाे छ । जसले लगानीकर्ताहरू सक्रिय भएकाे पनि संकेत दिन्छ ।