शोभा पाठक साधारण तारेखमा रिहा-Sutra News

शोभा पाठक साधारण तारेखमा रिहा

बिहिबार, ११ पौस २०८१

बिहिबार, ११ पौस २०८१

काठमाडौं । शोभा पाठक भन्ने जानुका पाठक रिहा भएकी छन्। साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश खिमानन्द भुसालको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।



धादिङको ज्वालामुखी गाउँपालिका ७ घर भई हाल सितापाइला बस्ने पाठकलाई प्रहरीको स्वयम्भू वृत्तले साइबर क्राइमको आरोपमा अनुसन्धान गरेको थियो। राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते जाहेरी दिएका थिए। जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइज्जत र बदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

सोही आरोपमा अनुसन्धानपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको थियो। उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

यसअघि साइबर व्यूरोले पनि २०८१ असार १८ गते साइबर क्राइमकै कसुरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त कसुरमा धरौटीमा छुटेकी पाठक लगतै अर्को मुद्दामा पक्राउ परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट