काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
यही पुस १४ गतेदेखी आजपाले सरकारको क्रियाकलापविरुद्ध प्रदर्शन गरेर ठोस निर्णय लिने जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको कर मनोमानी रहेकाले अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे कर लिन नहुने बताउँछन् ।