काठमाडाैं । स्थानीय बजारमा सुनकाे मूल्यले फेरि उकालाे यात्रा समाउन थालेकाे छ । उतारचढावकै बिच सुनकाे मूल्य निरन्तरजसाे नै उकालाेमा छ ।
साताकाे पहिलाे काराेबार दिन (आइतबार) प्रतिताेला ११ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य शुक्रबार प्रतिताेला ४ सय रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता सुनकाे मूल्यमा २२ सय रूपैयाँले वृद्धि भएकाे छ ।
गत शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ४८ हजार ५ सय रूपैयाँ थियाे । यद्दपि याेबिचमा २२ सय रूपैयाँले बढ्दै आज १ लाख ५० हजार ७ सय रूपैयाँ पुगेकाे छ ।
महासंघका अनुसार बिहीबार पनि सुनकाे मूल्यमा प्रतितोला छ सय रूपैयाँ बढेको थियाे ।
सुनकाे मूल्य बृद्धि भइरहँदा स्थानीय बजारमा चाँदीकाे मूल्यमा पनि निरन्तर बृद्धि भइरहेकाे छ । गत साता प्रतिताेला १ हजार ७६० रूपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य आज १ हजार ८१५ रूपैयाँमा काराेबार भएकाे छ । महासंघका अनुसार एक साताकाे बिचमा चाँदीकाे मूल्यमा ५५ रूपैयाँले बृद्धि भएकाे छ ।
आजकाे मूल्य अघिल्लाे दिनकाे तुलनामा १५ रूपैयाँले बढी हाे ।
विशेषगरी अन्तराष्ट्रिय बजारमा भइरहेको बृद्धिको प्रभाव स्थानीय बजारमा पनि परिरहेको छ । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजासँगै घटेको सुनको मूल्य पछिल्लो समय शक्तिराष्ट्रका बिच द्वन्द्व बढाउने घटनाहरु बढ्दै गर्दा फेरि बृद्धि हुन थालेको देखिन्छ ।
विश्वभर नै सुनको लगानीलाई सुरक्षित मान्ने गरिएको छ । जसको कारण द्वन्द्वको चर्चाका बिच सुनको मागसँगै मूल्य बढ्ने गरेको छ ।