ग्लोबल वार्मिङ होइन, ग्लोबल वार्निङ-Sutra News

ग्लोबल वार्मिङ होइन, ग्लोबल वार्निङ

शुक्रबार, १२ पौस २०८१

शुक्रबार, १२ पौस २०८१

कल्पना गर्नुस्, उत्तरतिरको सबै हिमालय पग्लेर काला पत्थर मात्रै बाँकी रह्यो भने नेपालको अस्तित्वमा मानवीय र भौगोलिक संकट आउला कि नआउला ? त्यसपछि नेपालमा पर्यटक आउलान् कि नआउलान् ? हिमालयसँग जोडिएका नदीहरू के होलान् ? जमिन मुनि जम्मा भएको पानीको सतह के होला ? हाम्रो हिमाल हरायो भने समुन्द्र के होला ? 



यस्ता प्रश्नको उत्तर खोज्दा निकै अत्यास लाग्छ । हामी बाँच्ने पृथ्वी र मानव सभ्यताको भविष्य कल्पनाले आमलाई अत्त्याउँछ । यद्यपि, यस्ता अत्त्याउने प्रश्न अहिले सतहमा छन् ।

विगत ३० वर्षदेखि विश्वमा जलवायु परिवर्तनको मुद्दा व्यापक रूपमा उठिरहेको छ । औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्बनको असर कम विकसित देशहरूले भोग्न परिरहेको छ । जुन–जुन देश जोसँग प्रशस्त जङ्गल, हिमाल, पहाड, नदीनाला, हिमताल, सिमसार छन् र जसले कार्बन उत्पादन (उत्सर्जन गरिरहेका छैनन्) तर तिनै देशहरू अरू देशले उत्पादन गरेका कार्बनबाट प्रभावित भइरहेका छन् । हाम्रो देश नेपाल त्यो विश्वव्यापी समस्या भोग्ने देशमा अग्रपंक्तिमा पर्दछ ।

औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्बनको असर कम विकसित देशहरूले भोग्न परिरहेको छ । जुन–जुन देश जोसँग प्रशस्त जङ्गल, हिमाल, पहाड, नदीनाला, हिमताल, सिमसार छन् र जसले कार्बन उत्पादन (उत्सर्जन गरिरहेका छैनन्) तर तिनै देशहरू अरू देशले उत्पादन गरेका कार्बनबाट प्रभावित भइरहेका छन् ।

आज एकातिर कार्बन उत्सर्जनको प्रभावबाट कसरी सुरक्षित राख्ने भन्ने प्रश्न छ भने अर्कोतिर कार्बन उत्पादन नगर्ने तर अरूले उत्पादन गरेको कार्बनको असर भोग्नु पर्ने देशले बदलामा हर्जना पाउनुपर्ने कुराको पनि सुनिश्चितता खोजिएको छ ।

गत वर्ष भएको जलवायु र ऊर्जा मन्त्रीस्तरीय बैठकमा भारतले ठूला देशले आफ्नो ‘प्रतिव्यक्ति उत्सर्जन’लाई सन् २०३० सम्ममा विश्वव्यापी औसतमा ल्याउने प्रस्ताव गरेको थियो । संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियाको उत्सर्जन विश्वव्यापी औसतभन्दा साढे दुई गुणा बढी छ । जर्मनी, युनाइटेड किंगडम र फ्रान्स पनि विश्वव्यापी औसत भन्दा माथि छन्, जबकि चीन ६.४ टनको उत्सर्जन संग वैश्विक औसत भन्दा तल छ । भारतले जलवायु सन्धिको उद्देश्य ‘हरित गृह ग्यासको सांद्रतालाई स्थिर बनाउने’ रहेको तथ्यलाई लिएर विरोध गरिरहेको छ ।

उत्तर अमेरिका र युरोप मिलाउँदा विश्वको जनसंख्याको एक चौथाइ ओगट्छन्, जबकि विश्वव्यापी संचयी उत्सर्जनको ६० प्रतिशत हिस्सा ओगटेका छन् र ९७० बिलियन टन कार्बन उत्सर्जनका लागि जिम्मेवार छन् उनीहरू । विश्वको बाँकी कार्बन बजेट, जसमा तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित हुन सक्छ, केवल ४०० गिगाटन कार्बन डाइअक्साइडको मात्रा हो । यो संख्या अमेरिकाको कुल उत्सर्जनको करिब बराबर हो । तसर्थ, त्यस्ता देशहरूलाई विश्वव्यापी सहमतिका लागि ‘नयाँ जलवायु नीति’मा ल्याउनु आजको आवश्यकता हो ।

सहरीकरण र जीवनको गुणस्तरको लागि आवश्यक पूर्वाधार र इन्धनको दहनले विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जनको ४० प्रतिशत र कुल उत्सर्जनको २५ प्रतिशत योगदान गर्दछ । यी उत्सर्जनहरू ऊर्जा–गहन सिमेन्ट उत्पादन र निर्माणमा प्रयोग हुने स्टिलको आधाबाट आउँछन् । सन् १९५० र २००० को बिचमा अमेरिका र युरोपमा एक्सप्रेसवे र सहरी बूमको कारण प्रति व्यक्ति उत्सर्जनको व्यापकता वृद्धि भएको थियो । पूर्वाधारमा चीनको ठूलो लगानी भए पनि अमेरिका र युरोपको ‘प्रतिव्यक्ति भौतिक उपयोग’ चीनको भन्दा चार गुणा बढी छ ।

प्राकृतिक स्रोतहरू र मानवीय उत्सर्जनका चालकहरू र ढाँचाहरू साथै उत्सर्जनका कारणहरू र समाधानहरूमा ध्यान केन्द्रित गर्न महत्वपूर्ण छ । इन्टरगभरमेन्टल प्यानल अन क्याइमेट चेन्ज (आइपिसीसी)को प्रतिवेदनले समुद्रको सतह वृद्धि, वर्षाको परिवर्तनशीलता र बढ्दो तापक्रम जस्ता प्रभाव उत्सर्जन घटेपछि पनि केही समयका लागि अपरिवर्तनीय रहने कुरा दोहोर्‍याउँछ ।

यो ‘ग्लोबल वार्मिङ मात्रै होइन ग्लोबल वार्निङ’ हो । हाम्रो हिमाल पग्लिने क्रममा व्यापकता आएको छ । हाम्रो हिमाल मात्रै काला पत्थर बन्दै छैनन्, हाम्रा नदीहरू सुक्दै छन् । हाम्रा भूगोलहरू बन्जर बन्दै छन् । अतिवृष्टि, अनावृष्टि जस्ता समस्या सामान्य बन्न थालिसकेका छन् । जसले देखाउने ताण्डवलाई सामान्य मान्नुपर्ने अवस्था बन्दै छ ।

गएको असोजमा हामीले अति वर्षा भोग्न पर्‍यो । जसबाट हामीले ठूलो तहमै जनधनको क्षति पनि व्यहोर्‍यौं ।

विश्वको तापक्रम लगातार बढिरहेको छ भन्नेमा सबैको चासो छ । यो ‘ग्लोबल वार्मिङ मात्रै होइन ग्लोबल वार्निङ’ हो । हाम्रो हिमाल पग्लिने क्रममा व्यापकता आएको छ । हाम्रो हिमाल मात्रै काला पत्थर बन्दै छैनन्, हाम्रा नदीहरू सुक्दै छन् । हाम्रा भूगोलहरू बन्जर बन्दै छन् । अतिवृष्टि, अनावृष्टि जस्ता समस्या सामान्य बन्न थालिसकेका छन् । जसले देखाउने ताण्डवलाई सामान्य मान्नुपर्ने अवस्था बन्दै छ ।

जलवायु परिवर्तन वातावरणीय वा दिगो विकासको सरोकार मात्र होइन, यसले सम्झौता गर्ने आयामहरू पनि समावेश गर्दछ । यसका लागि हामीले कस्ता मूल्यहरूलाई महत्व दिन्छौँ, हामी कसरी हाम्रो जीवन बिताउँछौँ र कसरी हामी एक अर्कासँग कुराकानी गर्छौँ भन्ने सभ्यताको रूपान्तरण आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट