काठमाडौं । यस साता नेप्से परिसूचक ३३.८९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ। यस हप्ता सेयर चार दिन खुलेका थियो । गत साता २५९६।८२ विन्दुमा भएको बजार यो साता १.३१ प्रतिशत अर्थात् ३३.८९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से १३.५३ अंकले घट्यो , सोमबार २८.९१ अंकले बढ्यो । मंगलबार १४.११ अंकले बढ्यो र बिहीबार ४.१९ अंकले बढ्यो । यस साता चार कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको हो भने एक कारोबार दिन नेप्से घटेका थियो । आइतबार ४ अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४३ करोड, मंगलबार ५ अर्ब २० करोड र बिहीबर ५ अर्ब ३२ करोडको कारोबार भयो ।
यो साता मूल्य सबैभन्दा धेरै बढ्ने कम्पनीमा सुपर मादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, बाराही हाइड्रोपावर र रिभर फल्स पावर क्रमशः अगाडि रहे । सुपर मादीको २५.४, न्यादीको २०.१, गुराँसको २०, सपोर्टको १९.७, आत्मनिर्भरको १६.४, उपकारको १४.९, राप्तिको १४.६, बाराहीको १२.५ तथा रिभरफल्सको १२.१ प्रतिशत मूल्य बढ्यो ।
यो साता धेरै मूल्य घट्नेमा अधिकांश विकास बैंक कम्पनी रहे । नारायणी डेभलपमेन्टको ११.११, कर्पोरेट डेभलपमेन्टको १०.५८, सप्तकोशी विकास बैंकको १०.११, सिन्धु विकास बैंकको ६.१७, मायाखोला हाइड्रोपावरको ५.७५, नेपाल फाइनान्सको ४.९१ तथा मानुसी लघुवित्तको ४.३६ प्रतिशत मूल्य घट्यो ।
साताको पहिलो कारोबार दिन नेप्से १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो।
साताको अन्तिम कारोबार दिन नेप्से ४.१९ अंकले बढेर २६३०।७१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।