राजकीय सम्मानसहित भारतका पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि-Sutra News

राजकीय सम्मानसहित भारतका पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि

शनिबार, १३ पौस २०८१

शनिबार, १३ पौस २०८१

काठमाडौं । भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।



सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ । उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ ।

उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् । विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट