किन टिकेन नेप्सेमा बृद्धि ?-Sutra News

किन टिकेन नेप्सेमा बृद्धि ?

आइतबार, १४ पौस २०८१

आइतबार, १४ पौस २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नै सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । २१.१२ अंकले घट्दै नेप्से २६०९.५८ को बिन्दुमा ओर्लिएको छ ।



परिसूचक घट्दै गर्दा नेप्सेमा कारोबार रकम भने बृद्धि भयो । १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको रह्यो ।

आज लघुवित्त, सामूहिक लगानी र अन्यको सूचकमा बृद्धि हुँदा बाँकी सबै समूहको सूचक घट्यो । कारोबारमा आएका २४३ कम्पनीमध्ये १७२ को मूल्य घट्दा ६९ को मात्रै मूल्य बढ्यो । २ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

दोहोरो अंकले परिसूचक घट्दै गर्दा आज ५ कम्पनीको मूल्यमा १० प्रतिशतले गिरावट आएको छ । २ कम्पनीको भने मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ ।

आज कारोबार रकमका आधारमा प्रभु बैंक, जानकी फाइनान्सलगायत शीर्ष स्थानमा रहे । प्रभु बैंकमो मात्रै २६ करोड १० लाख ८२ हजार रुपैयाँको सेयर किनबेच भयो ।

गएको साता लगातार तीन कारोबार दिन नेप्से बढेको थियो । तीन कारोबार दिनको बिचमै नेप्सेमा ४७.४१ अंकले बृद्धि भएको थियो । यद्यपि, यो साताको पहिलो कारोबार दिनमै दोहोरो अंकले घट्दै नेप्सेले नकारात्मक मनोविज्ञान बनाइदिएको छ ।

आइतबारको गिरावटलाई हेर्दा, सर्ट टर्म लगानीकर्ता हाबी भएको देखिन्छ । छोटो उतारचढावकै बिच फाइदा कमाउन केही लगानीकर्ता उद्धत हुँदा बजार घटेको देखिन्छ । किनकि बजारमा कारोबार रकम भने यसअघिको तुलनामा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट