हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज-Sutra News

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज

आइतबार, १४ पौस २०८१

आइतबार, १४ पौस २०८१

काठमाडौं । हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ ।



सिनेमाले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ ।

आज सार्वजनिक गरिएको टिजरले सिनेमाले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ।

माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारीनिर्मातामा सुमन कोइराला रहेका छन् ।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आर पि रंग संमयोजनमा दिपेश चौधरीतथा संगीतकारमा एसडी योगी रहेका छन् ।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

सिनेमाको कथासारः

परिवारको प्रिय कुकुरको निधनपछि सपनाकी छोरीले एउटा कालो बिरालो पाल्छिन्। त्यसपछि परिवारमा डर लाग्दा र अनौठा घटना हुन थाल्छन्, जसले छोरीको दुःखद मृत्यु हुन्छ। सपनाले आफ्नो शोकलाई सम्हाल्न खोज्दा उनी र उनका श्रीमान् बोध जंगलको एकान्त फार्महाउसमा जान्छन्।

बोधले सपनालाई डर र चिन्ताको सामना गर्न लगाएर उनको शोकलाई हटाउने प्रयास गर्छन्। यस क्रममा सपना आफ्नो अतीत सम्झन थाल्छिन् र केही डरलाग्दा र लुकेका घटनाहरू पत्ता लगाउँछिन्, जसले परिवारलाई टुटफुटको अवस्थामा पुर्‍याउन सक्छ।

दुवैले डर र अतीतका घटनालाई सामना गर्दा, सपनाले आफूलाई बलियो बनाउँदै आफ्नो भावना खुला राख्नुपर्छ भन्ने थाहा पाउँछिन्। यसले एउटा अचम्मलाग्दो अन्त्य ल्याउँछ, जसले दोष, पीडा, शोक र आमाको भूमिकाका बारेमा कुरा गर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट