अमेरिकामा घरबारविहीनको सङ्ख्या बढ्दो-Sutra News

अमेरिकामा घरबारविहीनको सङ्ख्या बढ्दो

आइतबार, १४ पौस २०८१

आइतबार, १४ पौस २०८१

काठमाडौं । अमेरिकामा घरबार नहुनेको सङ्ख्या २०२४ मा यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । घर जग्गाको भाउ आकासिएको, प्राकृतिक विपद् र ठुला सहरहरूमा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका कारण समीक्षा अवधिमा घर नहुने जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको बताइएको छ ।



सहरी विकास मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष आश्रयस्थल, अस्थायी घर वा आश्रय नै नभएका मानिसको सङ्ख्या ७ लाख ७० हजार पुगेको छ । गत वर्षको तुलनामा यो १२ प्रतिशत धेरै हो । यो जनसङ्ख्या सन् २००७ मा संघीय सरकारले यस्तो खालको तथ्याङ्क राख्न थाले यताकै धेरै भएको बताइएको छ ।

अस्थायी रूपमा परिवारका सदस्य वा साथीभाइसँग बसिरहेका मानिसहरू यसमा समावेश नगरिएकोले यो सङ्ख्या घट्न सक्ने बताइएको छ । यो तथ्याङ्क एक वर्ष पुरानो भएको र सर्वेक्षण गर्दा खेरिको तुलनामा अहिले अमेरिकी सीमामा घर भाडा र अवस्था दुवै फेरिएकोमा समेत अधिकारीहरूले औँल्याएका छन् ।

परिवार नै घरबारविहीन हुनेको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३९ प्रतिशतले बढेको अनि १३ स्थानमा यो सङ्ख्या दोब्बर भन्दा धेरै भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट