काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जालमा गर्न उर्दी जारी गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको निर्णायानुसार जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको सकारात्मक प्रचार/प्रसारमा अनिवार्य जोड्ने र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले सो पोस्ट गरे(नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गर्नेछ ।
मासिक रूपमा २० वा बढी पोस्ट आए राम्रो, १०-२० आए औसत, ३-१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिने बैठकले निर्णय गरेको छ । सो मूल्याङ्कन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ।