आज मिती २०८१ साल पुस महिनाको १५ गते सोमबार तदनुसार डिसेम्बर महीनाको ३० तारीख सन् २०२४, पुष कृष्ण पक्षको औंसी तिथी एवं तमु ल्होसार पर्व तथा कविशिरोमणी लेखनाथ जयन्ती, आज बिहान ६ बजेर ५३ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर १९ मिनेटमा अस्ताउने छ ।
मेष राशी: मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्ने भएपनि आफ्नो अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुऱ्याउनेहरू सक्रिय हुनेछन् । प्रतिष्पर्धामा जित तपाईंकै हुने भएपनि फजुल खर्च भने बढ्ने योग रहेपनि मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि: आजको दिन स्वास्थ्य केही प्रतिकूल रहेको अनुभूतिका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउने हुनाले विशेष मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुऱ्याउनु हितकर हुनेछ । शुभ समाचार प्राप्त हुने सम्भावना छ ।
मीथुन राशि: सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने प्रकारको काम हात पर्नसक्ने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने खर्च केही बढ्ने देखिन्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल हुनाका साथै पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि: कर्मबल बृद्वी हुनाका साथै आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिलेपनि काममा सामान्य अवरोध आउन सक्छ, तर सन्तान, सहयोगीजन र मातृशक्तिको सहयोगले लाभ मिल्ने योग रहेको देखिन्छ ।
सिंह राशि: प्रतिस्पर्धीहरूले सताउन सक्ने समय भएकोले आफ्ना योजनाहरू गोप्य राख्नु तपाईका लागि निकै हितकर हुनेछ कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउला । सहयोगीहरू पछि हट्ने योग रहेकाले साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ।
कन्या राशि: अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्ने हुनाले जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पढाइलेखाइमा खास समय र ध्यान दिन नसकिने योग रहेकाले व्यावसायिक काममा पनि खासै फाइदा पुग्ने देखिन्न । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशी: मेहनतको फल प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले विवेक पुऱ्याएर व्यवहार गर्नु उचित हुनेछ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, ध्यान राख्नुहोला । कसैलाई जथाभावी वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।
बृश्चिक राशि: विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय रहेकाले आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूर्तिमा अवरोधको अवस्था पैदा हुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु राशि: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने योग रहेकाले प्रेमभाव बढ्नेछ । दिर्घकालिन लाभका काम सुरुवात गर्ने उपयुक्त समय छ ।
मकर राशि: अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ व्यवहार गर्नुहोला । आर्थिक अभावले बन्नैलागेको काम पनि अड्किन सक्छ । धैर्य राखेर आफ्नो कर्तव्यमा लागिरहनु उचित हुनेछ । नियमकानूनले साथ दिनुका साथै यात्रामा निस्कनुछ भने समय फलदायी छ ।
कुम्भ राशि: कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि पर्नुका साथै पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला । बौद्धिक तथा रचनात्मक कार्य बन्ने योग छ ।
र, मिन राशि: व्यस्तता वृद्धि भएपनि समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ । तथापि, मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने देखिन्छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु हातलागी हुने योग छ ।