काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने विषयले चर्चा पाएको छ । यसैबिच गौतमले नेकपा एसका अध्यक्ष माधव नेपालसंग पार्टी कार्यालय आलोकनगरमा सोमबार भेटवार्ता गरेका छन् ।
समेत रहेका गौतमले नेपालसंग सोमवार भएको भेटमा नेकपा एस प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन् । नेकपा एसको स्थायी कमिटिको बैठकमा समेत गौतमको पार्टी प्रवेशको कुराले मुख्य स्थान पाएको थियो । एकता अभियानलाई बोकेर हिडेका गौतम पार्टी प्रवेश गर्न आफू तयार रहेको बताउँदै आएका छन् ।
समाजवादी प्रवेशको चर्चा अगावै नेकपा एमालेमा नै पुनरागमन गर्न खोजेका गौतमलाई केपी ओलीले चासो नदिदाँ माधव नेपाललाई फकाउँदै आएका छन् ।
सोमबार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको गौतमले प्रतिक्रया दिएका छन् । गौतमलाई पार्टी प्रवेश गराउन समाजवादी तयार रहेको केही पदाधिकारीहरुले बताउँदै आएका छन् । यसैबिच भएको भेटवार्ताले अध्यक्ष नेपाल र गौतमबिचमा अझैँ केही समझदारी हुन बाँकी रहेको सन्देश दिएको छ ।
निरन्तर भेटवार्तामा रहेका गौतम समाजवादी भित्रिने मिति भने तय हुन सकेको छैन् ।