काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार काठमाडौंमा बस्ने भएको छ । पुस १९ र २० मा बस्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । यस्तै, अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने उनको भनाइ छ ।
स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।