यसकारण घट्दै २५ सयको बिन्दुमा ओर्लियो नेप्से-Sutra News

यसकारण घट्दै २५ सयको बिन्दुमा ओर्लियो नेप्से

मंगलबार, १६ पौस २०८१

मंगलबार, १६ पौस २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । सोमबार ३३.०८ अंकले घट्दै नेप्से २५७६.५० को बिन्दुमा ओर्लिएको छ । समग्रमा मंगलबार १.२६ प्रतिशतले नेप्से घट्यो ।



उच्च अंकले नेप्से घट्दै गर्दा अन्य बाहेक सबै समूहका सूचक घटे । फाइनान्सको सूचक सबैभन्दा बढी ५.१९ प्रतिशतले घट्दा सबैभन्दा कम लगानीको सूचक ०.०८ प्रतिशतले घट्यो । अन्यको सूचक ०.०६ प्रतिशतले मात्रै बढेको छ ।

आज कारोबारमा आएका अधिकांशजसो कम्पनीको मूल्य घट्यो । कारोबारमा आएका २४४ कम्पनीमध्ये २१३ को मूल्य घट्दा २८ को मूल्य बढ्यो । ३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज सपोर्ट माइक्रो फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको सूचकमा १० प्रतिशतले गिरावट आयो ।

उच्च अंकले नेप्से घट्दै गर्दा, कारोबार रकममा भने केही बृद्धि भयो । विशेषगरी लगानीकर्ता बिक्री गर्न तातिँदा कारोबार रकममा बृद्धि भएको देखिन्छ ।

आज १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको भयो ।

अहिले बजार निरन्तर घट्दै गर्दा लगानीकर्ताहरु त्रसित देखिएका छन् । जसको प्रभाव स्वरुप बजारमा प्यानिक सेलको ट्रेण्ड देखिएको छ ।

बजार लामो समयदेखि नै २७ सयको बिन्दुभन्दा माथि जान सकेको छैन । माथि जान नसकेको बजारमा प्यानिक सेलको प्रेसर बढ्दा थप तलतिर झर्ने देखिन्छ ।

पुस मसान्तमा अधिकांश कम्पनीहरुले साधारण सभा सम्पन्न गर्दछन् । साधारण सभापछिको बजारको चिन्ताले पनि केहीले बिक्रीलाई महत्व दिँदा बजार घटेको देखिन्छ । यसले आगामी समय थप बजारलाई घटाउन सक्ने सम्भावनालाई पनि दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट