पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीको बयान आज सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ । रास्वपा सभापति लामिछानेको बयान गत शुक्रबार सकिएको थियो । त्यसपछि अन्य प्रतिवादीको बयान अघि बढेको थियो । अन्य आरोपीहरूको पनि बयान मंगलबार सकिएसँगै अब सरकारी वकिल र प्रतिवादीका वकिलहरूले बहस थालेका हुन् ।
सोमबार र मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । त्यसपछि अर्का प्रतिवादी लीला पछाईसँग बयान गरिएको थियो । रविसँगै इजलासमा छविलाल, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको भएको हो ।
कास्की अदालतकोले सुनुवाइ सकिएपछि रवि लगायतका आरोपीलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।