काठमाडौं । प्रतिनिधि सभा सचिव पदमा हर्कराज राई नियुक्त भएका छन्।
मंगलबार राष्ट्रपति पौडेलले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव पदमा नियुक्त गरेका हुन्। प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए।
राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार पनि थिए। प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।