काठमाडौं । काठमाडौं लगाएत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुस भएको हो ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।