काठमाडौं । भ्रष्ट व्यापारीहरुलाई सरकारले नै शरण दिएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरूदे यस्तो आरोप लगाएका हुन् । उनिहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । महासंघका महासचिव रोशन दाहालले यही पुस २७ गते राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने बताए ।
साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको उनले बताए । यसै गरी सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।