सिन्धुपाल्चोकपछि मुगु केन्द्रबिन्दु भएर भूकम्प-Sutra News

सिन्धुपाल्चोकपछि मुगु केन्द्रबिन्दु भएर भूकम्प

शुक्रबार, १९ पौस २०८१

शुक्रबार, १९ पौस २०८१

काठमाडाैं । मुगुमा भूकम्प भएको छ ।



शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो ।

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।

पश्चिम नेपालमा पछिल्लाे समय दैनिक रूपमै स–साना भूकम्प गइरहेकाे छ । जसकाे बिच मुगुमा भूकम्प गएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट