काठमाडाैं । स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) सुन–चाँदीको मूल्य उच्च बृद्धि भएकाे छ ।
बिहीबार प्रतितोला ५ सय रूपैयाँले बढेको सुनको भाउ यसदिन प्रतितोला २ हजार रूपैयाँ बढेको छ । मूल्य बढेसँगै स्थानीय बजारमा सुनकाे मूल्य प्रतिताेला १ लाख ५३ हजार ५ सय रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ ।
यसअघि बिहीबार सुनकाे मूल्य प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य ५ सय रूपैयाँले बढेकाे थियाे ।
सुनकाे मूल्य बढेसँगै स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे छ । बिहीबारकाे तुलनामा शुक्रबार चाँदीकाे मूल्य प्रतितोला २० रूपैयाँले बढेकाे महासंघले जनाएकाे छ ।
मूल्य बढेसँगै शुक्रबार स्थानीय बजारमा चाँदीकाे मूल्य प्रतितोला १ हजार ८१० रूपैयाँ पुगेकाे छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ७९० रूपैयाँमा कारोबार भएको थियो।