ऋषिकेश पोखरेलले स्वकीय सचिवलाई पदबाट हटाए-Sutra News

ऋषिकेश पोखरेलले स्वकीय सचिवलाई पदबाट हटाए

शुक्रबार, १९ पौस २०८१

शुक्रबार, १९ पौस २०८१

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो ।



आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको जनाएका हुन्। भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ ।

471705703_1727271131151836_111859724944382525_n

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट