लामिडाँडा विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपैयाँ !-Sutra News

लामिडाँडा विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपैयाँ !

शुक्रबार, १९ पौस २०८१

शुक्रबार, १९ पौस २०८१

काठमाडौं । देशकै प्रमुख र पहिलो अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गर्दा खोटाङको लामिडाँडा विमानस्थलले भने एक वर्षमा जम्मा ४ सय ७४ रुपैयाँ आम्दानी गरेको छ ।



नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड ६६ लाखको कारोबार गर्दा दोस्रो स्थानमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

तेस्रो स्थानमा रहेको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षमा २१ करोड १३ लाख, चौथो स्थानमा रहेको विराटनगर विमानस्थलले १७ करोड ५६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा नेपालगंज विमानस्थल १३ करोड ११ लाख, चन्द्रगढी विमानस्थल ८ करोड १७ लाख, धनगढी विमानस्थलले ६ करोड ५६ लाख, भरतपुर विमानस्थल ६ करोड ३९ लाख, लुक्ला विमानस्थल ६ करोड २३ लाख, जनकपु विमानस्थलले ६ करोड १२ लाख आम्दानी गर्दा खोटाङको लामिडाँडा विमानस्थलबाट ४ सय ७४, डोटीबाट ९ हजार ४ सय ७५ तथा रुम्जाटार विमानस्थल कार्यालयबाट १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको नागरिक उड्डयन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट