काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदका दुई ठूला दल मिलेर बनेको सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । स्थायी कमिटी बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सरकार अहिले उल्टो बाटोमा हिँहिडरहेको जिकिर गरे ।
उनले विश्व राजनीतिक रंगमञ्च र अन्तराष्ट्रिय जगतबारे सरकार पूरै बेखबर रहेको टिप्पणी गरे ।
माओवादीले संविधान संशोधनको लागि कांग्रेस एमालेलाई चार प्रस्ताव अघि सारेको छ ।
यी हुन् संविधान संशोधनबारे चार प्रस्ताव
पहिलो- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
दोस्रो- पूर्ण समानुपातिक निर्वाचन प्रणाली
तेस्रो- सांसद मन्त्री बनाउन नपाइने, विज्ञलाई बनाउने
चौथो- प्रतिनिधिसभामा ५० प्रतिशत महिला सहभागीता सुनिश्चित हुर्नेपर्ने
यी प्रस्तावबारे आइतबारबाट सुरू हुने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराएरै औपचारिकरूपमा यी मुद्दा लिएर जनतामा जाने माओवादीको तयारी छ ।