विवादमा नेविसंघ : अनैतिक रुपमा पैसा उठाएको आरोप-Sutra News

विवादमा नेविसंघ : अनैतिक रुपमा पैसा उठाएको आरोप

शुक्रबार, १९ पौस २०८१

शुक्रबार, १९ पौस २०८१

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको आन्तरिक विवाद सतहमा छरपष्ट भइरहँदा भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको किचलो पनि सहतमा आएको छ । संघभित्र संस्थापन र संस्थापन इतर पक्षबिचको मतभेदले चर्को रुप लिएको छ ।



नेविसंघको असन्तुष्ट पक्षले अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रहेको संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएको छ ।

नेता डा. शेखर कोइराला पक्षधरले शुक्रबार विज्ञप्ति निकालेर ‘जय नेपाल कप’ आयोजना प्रति असन्तुष्टि जनाएको हो । कार्यसमितिमा छलफल नगरी ‘जय नेपाल कप’ आयोजना गर्न लागिएको असन्तुष्ट पक्षको विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् ।

जय नेपाल कपका गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रुपमा पैसा उठाएको उनले आरोप लगाइन्।

जय नेपाल कपको हवला दिदै मोटो रकम संकलन गर्न पत्र पठाउने, विभिन्न क्षेत्रका व्यापारी, स्कुल, क्याम्पसका सञ्चालक, विश्वविद्यालयका उपकुलपतिहरुसँग भेटघाट गरी पैसा संकलनका लागि दवाव दिने, धम्क्याउने गतिविधि गरिरहेको जानकारीमा आएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट