चैतदेखि ‘जनसंघर्ष’ गर्ने राप्रपा नेपालको घोषणा-Sutra News

चैतदेखि ‘जनसंघर्ष’ गर्ने राप्रपा नेपालको घोषणा

शनिबार, २० पौस २०८१

शनिबार, २० पौस २०८१

काठमाडौं । राप्रपा नेपालले आउँदो चैतदेखि भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रणको निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरणलगायतका माग राखेर जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ ।



पुस १९ र २० गते (शुक्रबार र शनिबार) बसेको केन्द्रीय समितिको बैठकबाट जनसंघर्षसहित १३ निर्णय गरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन ०८२ मंसिर १३, १४ र १५ गते काठमाडौंमा गर्ने निर्णय पनि केन्द्रीय समितिको बैठकबाट गरिएको छ । पार्टीले ‘तराई मधेस उत्थान अभियान’ सञ्चालन गर्ने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारी संस्था, अधिकारसम्पन्न संवैधानिक निकायको व्यवस्था, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी ऐन, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहललगायत कार्य गर्न पार्टीले सरकारसित माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट