सरकारले सहकारी सम्बन्धी अध्यादेश रविलाई अप्ठ्यारो पार्न र आफू बच्नलाई ल्याएको रास्वपाको ठहर-Sutra News

सरकारले सहकारी सम्बन्धी अध्यादेश रविलाई अप्ठ्यारो पार्न र आफू बच्नलाई ल्याएको रास्वपाको ठहर

शनिबार, २० पौस २०८१

शनिबार, २० पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।



शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।

‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’ बैठकपछि सञ्चारकर्मीसँग सांसद गणेश कार्कीले भने, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’

साथै, उनले संगठनको भावी रणनीति, संगठनलाई सवलीकरणका बारेमा पनि छलफल भइरहेको बताए । राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अफ्ठ्यारो अवस्था सिर्जना भइरहेको पनि रास्वपाले निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट