आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

आज मिती २०८१ साल पुस महिनाको २१ गते आइतबार तदनुसार जनवरी महीनाको ५ तारीख सन् २०२५, पुष शुक्ल पक्षको षष्ठी तिथी एवं गुरु गोविन्द सिंह जयन्ती, आज बिहान ६ बजेर ५५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर २३ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आँटले काम बन्ने समय रहेकाले श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ। सामान्य आम्दानी भएपनि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने भएपनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्प भने परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला।

बृष राशि: प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनुका साथै सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ भने काम अड्किए पनि लाभांश प्राप्त हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

मीथुन राशि: आजको दिन सामान्य फाइदा भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा मन जाने हुनाले सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनुका साथै व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मेहनतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नुका साथै प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल हुने समय छ।

कर्कट राशि: प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्र्याउनुपर्ने तथा स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। आजको यात्रा अलि कष्टपूर्ण रहेपनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनका साथै मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बनेपनि आयस्रोत कमजोर बन्दा फजुल खर्च भने बढ्न सक्छ।

सिंह राशि: आजका दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद मिल्नुका साथै विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउदा रमाइलो यात्राको साइत जुर्नुका साथै टाढिएका साथीभाइसँग भेटघाट भएपनि विलासी वस्तुका लागि भने फजुल खर्च बढ्न सक्ने समय रहेको छ।

कन्या राशि: मेहनतिहरूका लागि आजको दिन निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनुका साथै द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनुका साथै चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनुका साथै व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनुका साथै महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

तुला राशी: बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनाका साथै फाइदाको स्रोत पहिल्याउन सकिनुका साथै अध्ययनमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी हुनाका साथै प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिने तथा प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझावले पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

बृश्चिक राशि: आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने हुनाले कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनुका साथै अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ भएपनि रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने समय रहेको देखिन्छ ।

धनु राशि: भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनुका साथै बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार हुनाका साथै काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने तथा साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनुका साथै व्यापारमा मनग्य धनलाभ हुने तथा सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

मकर राशि: सुखद समाचारले दिन उत्साहपूर्ण रहनुका साथै बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुने तथा तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नुका साथै व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नाले दाम र नाम कमाउने समय छ।

कुम्भ राशि: मनपर्ने वस्तु, उपहार प्राप्त हुनका साथै नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनुका साथै पहिलेको सफलताले थप हौसला जगाउनुका साथै नाम, दाम र इनाम हातलागी हुनेछ। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुने समय रहेको छ ।

र, मिन राशि: खर्चको जोहो गर्न अलि दौडधुप गर्नाका साथै अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने तथा व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने एवं उधारोमा व्यापार गर्नुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्ने समय रहेपनि आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट