पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले-Sutra News

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (पूर्वआईजीपी) सर्वेन्द्र खनालले एमाले परित्याग गरेकाे घाेषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कुनै पार्टीमा सक्रिय नरहेको बताएका हुन् ।



“हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु, म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,” खनालले लेखेका छन्, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”

खनालले देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सक्दो कार्य गरिरहने उनले बताएका छन् ।

प्रहरीबाट अवकाश लिएसँगै खनाल ६ असोज २०७९ मा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए । उनले एमालेबाट संसदीय निर्वाचन समेत लडेका थिए ।

काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार बनेका उनी पराजित भए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भए ।

पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि उनले उम्मेदवारी दिए । तर, तनहुँमा पनि रास्वपा नेता स्वर्णिम वाग्लेसँग फेरि पराजित भए । खनाल तनहुँमा तेस्राे प्रतिस्पर्धी बनेका थिए ।

चुनावमा हार व्यहाेरेसँगै खनाल एमालेकाे राजनीतिमा सक्रिय थिएनन् । उनी विभिन्न नाममा अभियानमा पनि देखिँदै अाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट